
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई ५–२ ले हराएको छ ।
गएराति आफ्नै मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र रियाद माहारेजले दुई दुई गोल गर्दा इके गुन्डोगानले एक गोल थपे ।
साउथह्याम्पटनका जेम्स वार्ड प्रोज र चे एडम्सले एक एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडमाथि १४ अंकको अग्रता बनाएको छ ।
सिटीले २९ खेलबाट ६८ अंक जोडेको छ । दोस्रो स्थानको युनाईटेडको २८ खेलबाट ५४ अंक रहेको छ ।
२८ खेलबाट ३३ अंक जोडेको साउथह्याम्पटन तालिकाको १४ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्