
फाइल फोटो
उदयपुर । उदयपुरको ताप्लिमा आगलागी भएको छ । आगलागीबाट पञ्चे सार्कीको घर जलेर नष्ट भएको छ भने २० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
सोलार प्यानल सर्ट भइ आगलागी हुँदा फुसको छानो भएको दुईतले घर, ३ वटा मतान, गाई गोठ घर भित्र रहेका लत्ताकपडा जलेका छन् ।
त्यसैगरी सुन चाँदीका गरगहना र नगद ५० हजार जलेर नष्ट भएको उदयपुर प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा लिन नसक्दा खोरमा रहेका चौपायासमेत जलेको प्रहरीले जानकारी दिएको छ ।
रुपाटारबाट गएको प्रहरी र स्थानीयको सहयोगमा २ घण्टा पछि आगलागी नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्