
बैतडी । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृहमा पठाइएको छ ।
जिल्ला अदालत बैतडीले १६ वर्षका दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेशसँगै उनलाई डोटीको दिपायलमा रहेको सुधारगृहमा पठाइएको हो ।
सरकारी वकिलको कार्यालयले भट्टलाई अदालत पेस गरेकोमा अदालतले उनलाई सुधारगृह लैजान आदेश दिएको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकीमा रहेको सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशले बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ ।
भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्