२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पशुपतिनाथमा भक्तजनको भीड बढेपछि यसरी मिलाइयो ट्राफिक व्यवस्थापन


0
Shares

काठमाण्डौं । महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा यतिबेला दर्शनार्थीहरुको घुईंचो लागेकोे छ ।

दर्शनार्थीहरुको सुविधालाई मध्यनजर गरी विभिन्न स्थानबाट गौशाला क्षेत्र आउने र जाने मालबाहक र पानी ट्याङकरका सवारी साधनलाई कोटेश्वर, तिनकुने, चावहिल र नारायणटारबाट डाइभर्सन गरिएको छ  ।

सवारी साधन लिएर पाशुपत क्षेत्र जाने दर्शनार्थीहरुको सुविधालाई मध्यनजर गरी विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

एयरपोर्ट क्षेत्रबाट गौशालातर्फ आउने सवारी साधनका लागि वनकालीचौर र तिलगंगामा, रातोपुल तथा कालोपुल क्षेत्रबाट आउनेहरुका लागि सिफलचौर र भण्डारखालमा, नारायणटार क्षेत्रबाट आउनेहरुको लागि बागमती करिडोर तथा  गुहे्रश्वरी पारीको खालीचौरमा पार्किङको व्यवस्था मिलाईएको छ ।

यस्तै, मित्रपार्कमा रहेको टेक्सास कलेज परिसरमा पनि पार्किङ गर्न सकिनेछ ।  त्यस्तैगरी, महानगरीय प्रहरी वृत गौशाला परिसरमा र पशुपति क्षेत्र विकाश कोषको परिसरमा पनि पार्किङको व्यवस्था गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।