
डीवि बिष्ट (ईमेज)
बझाङ । सुरुका दिनहरुमा कोरोना विरुद्धको खोप सुन्नै नमान्ने बझाङ्का ज्येष्ठ नागरिकहरु अहिले खोप लगाउन निकै उत्साहित भएका छन् ।
खोप बारे घर-घरमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अहिले पैसठ्ठी बर्ष भन्दा माथिका उमेर समुहका व्यक्तिहरु खोप लगाउन तछाडमछाड गरेको देखिन्छ ।
बझाङमा तेस्रो चरणको खोप अभियान समुदाय स्तरमा सुरु भयो । तर समुदायका पैसठ्ठी बर्ष भन्दा माथि उमेर समुहका व्यक्तिहरुलाई खोप लागउने अभियान प्रभावकारी बन्छकी बन्दैन भनेर दोधारमा परेका स्वाथ्यकर्मीहरु अहिले निकै उत्साहित बनेका छन् ।
किन भने खोप लगाउन अहिले ज्येष्ठ नागरिकहरुको उत्साह निकै बढेको छ । घर-घरमा खोप अभियानको प्रभावकारिता बारे चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि उनीहरु खोप लगाउन उत्साहित भएका हुन् ।
स्वाथ्यकर्मी भन्दा पनि बढी त खोप लगाउन आउने पैसठ्ठी बर्ष भन्दा माथिका उमेर समुहका व्यक्तिहरु बढी नै छन् ।
सरकारले आफ्ना नागरिकलाई बचाउनका लागी बाहीरी देश बाट खोप ल्याएको र सबैले नडराई लागउनु पर्ने ज्येष्ठ नागरिक देवी रोकयाको भनाई छ ।
बझाङका पैसठ्ठी बर्ष देखी १ सय बर्ष उमेर समुहका व्यक्तिहरुले समेत खोप लगाएका छन् ।
पछिल्लो समयमा पहिलो चरण र दोस्रो चरणमा छुट–फुट भएका व्यक्तिहरुले समेत खोप लगाउन थालेका छन् ।
स्वास्थ्य संस्थामा आउने व्यक्तिहरुलाई समेत कोरोना विरुद्धको खोपका बारेमा जानकारी गराउने गरेको र वडा स्तर सम्म महिला स्वास्थ्य स्वयम् सेविका मार्फत विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरेका कारण खोप अभियान प्रभावकारी भएको देउलेख प्राथमीक स्वास्थ्य केन्द्र विथ्थडका डाक्टर सन्दिप ओलीले बताउनुभयो ।
जिल्ला भरी ६५ बर्ष भन्दा बढी उमेर समुहका ६३ प्रतिशत भन्दा बढीले खोप लगाई सकेका छन् ।यहाँका ४८ वटा खोप केन्द्रहरुमा नै उत्साह जनक सहभागीता रहेको आफुले पाएको स्वास्थ्य कार्यालय बझाङका कार्यलय प्रमुख भानुभत्त जोशिले बताउनुभयो ।
पहिलो चरण र दोस्रो चरण भन्दा तेस्रो चरणको खोप अभियानमा थप उत्साह देखिएको हो । खोप लगाइसेकेका ज्येष्ठ नागरिकहरुमा कोरोनाको डर हराइसकेको छ भने गाउँ-गाउँमा गएर उनीहरुलेसमेत चेतनामुलक कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।
सरकारले गरेको यो कार्यक्रम ज्येष्ठ नागरिककोलागि प्रभावकारी भएको उनीहरुको भनाइ छ । त्यसैले पनि दुर्गम क्षेत्रका ज्येष्ठनागरिकमा खोपप्रति आकर्षण बढाउन घर-घरमा जनचेतना अभियान चालाउनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्