
एजेन्सी । रुसले अमेरिकी सामाजिक सञ्जाल कम्पनी ट्वीटरमाथि कारबाही गरेको छ । रुस सरकारले प्रतिबन्ध लगाएका सामग्रीहरू ट्वीटरले आफ्नो वेबसाइटबाट नहटाएको भन्दै उसले ट्वीटरमाथि कारबाही गरेको त्यहाँको मिडियामाथि अध्ययन गरिरहेको एक संस्थाले जनाएको छ ।
उक्त संस्थाले रुसले ट्वीटरको गतिलाई कम गरेको आरोप लगाएको छ । रुसले लागुऔषध र अश्लिल गतिविधि संलग्न तीन हजार पोस्ट हटाउन गरेको अनुरोधलाई ट्वीटरले नमालेपछि रुसले ट्वीटरको गति कम गरेको मिडियामाथि अध्ययन गरिरहेको संस्थानको आरोप छ ।
रुसले नागरिकको सुरक्षा र फाइदाको लागि उक्त कदम उठाएको उक्त संस्थाको भनाइ छ । संस्थाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा पनि ट्वीटरको एकदमै धेरै प्रयोग हुने गरेकाले कारबाही गरेको हुनसक्ने अनुमान गरेको छ ।
रुसले कारबाही गरेपछि त्यहाँका प्रयोगकर्ताले ट्वीटरमा अपलोड गरेको फोटो र भिडियो हेर्न कठिनाइ भएको छ । यसैबीच ट्वीटरले रुसको कारबाहीप्रति दुःख व्यक्त गरेको छ । रुस सरकारले अनलाइनमा हुने सार्वजनिक चर्चालाई दबाउन खोजेको ट्वीटरको आरोप छ । यद्यपि कम्पनीले आफूहरु कुनै किसिमको आपराधिक र अनैतिक व्यवहारको समर्थनमा नरहेको स्पस्ट पारेको छ ।
केही मिडिया रिपोर्टहरुमा रुसमा अन्य देशमा भन्दा इन्टरनेटको स्पीड कम भएको जिकिर गरेका छन् । रुस सरकारको कदमप्रति एलेक्सी नाभाल्नी लगायत विपक्षी दलका नेताहरुले विरोध जनाएका छन् । उनीहरुले सरकारले यस्तो कदम तत्काल सच्याउनुपर्ने माग गरेका छन् ।
रुसमा ट्वीटर छैटौं ठूलो सामाजिक सञ्जालको वेबसाइट हो ।
प्रतिक्रिया दिनुहोस्