
काठमाडौं । कोरोना भाइरसको महामारीसँग जुधेका नागरिकका लागि ल्याइएको राहत प्याकेज सम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेन हस्ताक्षर गरेका छन् ।
हिजो संसदको तल्लो सदनबाट पारित विधेयकमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका हुन ।हस्ताक्षरसागै यो विधेयकले कानुनी रुप लिएको छ । १९ अर्व डलरको आर्थिक राहत प्याकेजले कोभिड १९ ले प्रभावित भएका अमेरिकीहरुलाई सहायता प्रदान गर्नेछ ।
यो विधेयकमा १४०० डलर भुक्तान, बेरोजगारी भत्ता विस्तार, चाइल्ड ट्याक्स क्रेडिट जस्ता योजना छन् । यसबाट करोडौँ मानिसहरु गरिबीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।
राष्ट्रपति बाइडेनले राहत प्याकेजले देशको मेरुदण्ड पुनर्निर्माण गर्ने बताएका छन् । यो विधेयकलाई अमेरिकी इतिहासको सबैभन्दा धेरै खर्च रहेको विधेयकको रुपमा लिइएको छ । यो विधेयकमा उल्लेखित विषयबारे बाइडेनले आज देशबासीका नाममा सम्बोधन गर्नेछन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्