
एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु जुनबाट सुरु हुने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले सहभागि टिमसँगको छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोना भाईरसको कारण प्रतियोगिता दुई साता अघि स्थगित गरिएको थियो । खेलाडी र स्टाफमा कोरोना भाईरसको संक्रमण देखिन थालेपछि प्रतियोगिता स्थगित गरिएको थियो ।
पीएसएलको यस सिजनको लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि कराँची पुगेका थिए । सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने तय भएको थियो ।
लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा अनुबन्ध गरेको हो । प्रतियोगिता स्थगित भएपछि सन्दीप एक खेल पनि नखेली नेपाल फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्