
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देश गम्भिर संकटमा परेको बेलामा नेता र दलको भूमिका अपेक्षित नभएको प्रतिक्रिया दिनु भएको छ ।
उहाँले बिहीबार ट्विट गर्दै दलहरु सत्ता प्राप्तिमा लागेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । भट्टराईले यो मुसादौड (सत्ता प्राप्ति) मा जसपा नभएको दावी गर्नु भएको छ ।
भट्टराईले जसपा सत्ताको दौडमा नरहेको दावी गरेपनि जसपा र सरकारबीच सत्ता साझेदारी गर्ने विषयमा औपचारिक र अनौपचारिक वार्ता भइरहेको छ ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सत्ता गठबन्धनका विषयमा बिहीबार प्रधानमन्त्रीसँग लामो वार्ता गरेका थिए । जसपा र सरकारबीच सत्तागठबन्धनमा विषयमा आज पनि छलफल हुँदैछ ।
भट्टराइले अदालतको कृपाले अलि-अळि लाज बचेको भएपनि उही म्युजीकल चेयरको खेलमा लाग्नु दुखद भएको बताउनु भयो ।
म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिनेमा दल तथा नेताहरु लाग्नुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्