२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा खेतीयोग्य उर्वर फाँटमा पक्की घर


0
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन मासिँदै गएको छ ।

जिल्लाको अन्न भण्डार र खेतीयोग्य जमिन मासिन थालेपछि कृषकहरु चिन्तित भएका छन् ।

बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसंगै उर्बर फाँट कंक्रिट शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि कृषकहरुले यसको बिरोध गरेका छन् ।

बेनी बजारसँगै जोडिएको गाउँ भएको हुनाले यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै जान थालेको हो ।

उपल्लो फाँट र तल्लोफाँट गरी दुई भागमा बाँडिएको बगरफाँट जिल्लाकै अन्न भण्डारको रुपमा चिनिएको छ ।

विभिन्न स्थानबाट बसाइ सरेर बगरफाँटमा घडेरी किनेर घर बनाएर बस्ने क्रम बढेसँगै उर्वर फाँट मासिँदै गएको हो ।