
तस्विर फाइल
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाउनुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारको कदमपछि खनाल–नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको हो । ओलीले शुक्रबार बालुवाटारमा भएको आफूपक्षीय केन्द्रीय कमिटीको बैठकबाट महासचिवबाहेकका पदाधिकारीहरू हटाउने निर्णय गरेको थियो ।
यस्तै बैठकले नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्ने र एकतर्फी रूपमा गरेको महाधिवेशनको मिति घोषणा र केन्द्रीय कमिटी सदस्यहरू मनोनित गरेको थियो । ओलीको कदमपछि आफ्नो आगामी रणनीति तय गर्न नेपाल पक्षले स्थायी समितिको आकस्मिक बैठक बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस्