८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘जसरी पनि खोप लगाऔं’


0
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम कायम रहे पनि हेलचक्रयाइँ बढ्दै गएको छ । संक्रमितको संख्या दैनिक घट्दै गएपनि जोखिम भने यथावत् रहेको विज्ञहरुले बताएका छन् ।

अहिले मानिसहरु दिन प्रतिदिन विभिन्न ठाउँमा भेला हुने क्रम बढिरहेको छ । यस्तै, विद्यालय, यातायात, फिल्म हलहरु सञ्चालनमा आउन थालेका छन् दैनिकजसो प्रदर्शन भइरहेको छ। तर, भौतिक दूरी कायम हुन सकेको छैन भने माीकको पनि समुचित तवरले प्रयोग भइरहेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालउका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक संक्रमित दर घट्दै गए पनि जोखिम कायमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘मास्कको उचित पैयोग गरौं, हेलचक्रयाइँ नगरौं । जनस्वास्थयका मापदण्डहरु पालना गरौं ।’

उहाले खोप लगाउनसमेत प्राथमिकता निर्धारण गरिएका नागरिकलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो ‘कोरोनाले फेरि भयानक रुप पनि लिन सक्छ । आफ्नो पालोमा खोप लगाएर सुरक्षित हुनुहोस् ।’ राजधानी