८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नयाँ समीकरणको प्रयास : अग्रसरता लिन कांग्रेसलाई जसपाको प्रस्ताव


0
Shares

काठमाडौं । नयाँ सत्तासमीकरणका लागि निर्णायक भूमिकामा रहेको संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) ले राजनीतिक निकासका लागि अग्रसरता लिन सुझाब दिएको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार जसपाका नेतासँग छलफल गर्दै उनीहरूका चासो सम्बोधनमा सकारात्मक रहेको बताएको अर्को दिन जसपाले कांग्रेससँग संवाद गरेको हो ।

कांग्रेससँग औपचारिक छलफलका लागि शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पुगेका जसपाका शीर्ष नेताहरूले प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले भूमिका निभाउनुपर्ने मत राखेका थिए । छलफल सकारात्मक भएको र निरन्तरता दिने सहमति भएको कांग्रेस र जसपाका नेताहरूले बताएका छन् ।

‘करिब एक घन्टा कुराकानी भयो । जसपाका नेताहरूले अहिले कांग्रेसले अग्रसरता लिनुपर्छ र एउटा निर्णयमा पुग्नुपर्छ भन्ने धारणा राख्नु भएको छ । म्यान्डेट पाएको दलले सरकार चलाउन नसकेको अवस्थामा स्वाभाविक रूपमा प्रतिपक्षी दलले अग्रसरता लिनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो । कांग्रेसले अग्रसरता लिएर अहिलेको अवस्थालाई निकासमा पु¥याउनुपर्छ भन्ने उहाँहरूको जोड थियो,’ छलफलमा सहभागी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, ‘उहाँहरूले अहिलेको अवस्थामा कांग्रेसले निकासका लागि अग्रसरता लिनुपर्छ भन्नुभएको हो । उहाँहरूले कांग्रेसले प्रधानमन्त्री नै लिओस् भन्नुभएको छैन । तर, निकासका लागि कांग्रेसको भूमिका खोज्नुभएको चाहिँ हो ।’ नयाँ पत्रिका