८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अबदेखि समयमै मल


0
Shares

काठमाडौं । सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्भ गराउन विभिन्न वैकल्पिक बाटो खोजेको छ ।

बंगलादेशसँग जीटुजी, चीनसँग ग्लोबल टेन्डरमार्फत सामुद्रिक र सडकमार्ग, भारतसँग ग्लोबल टेन्डर र जीटुजीसहित अन्य मुलुकसँग ग्लोबल टेन्डर गरी मल आयात गर्न ६ वटा बाटो खुला भएको हो ।

चीनबाट सडकमार्ग हुँदै पहिलो पटक शुक्रबार १ हजार १ सय टन युरिया मल अयात गरिएको छ । साल्ट टे्रडिङ कर्पोरेसनले चीनमै उत्पादन भएको युरिया नेपालकै सिल्क मार्केट प्रालिमार्फत सडकमार्गबाट भित्र्याउन सुरु गरेको हो ।

ल्हासाबाट ४ हजार टन युरिया रेलवेमार्फत सिगात्सेसम्म ल्याइपुर्याइएको छ। साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले ग्लोबल टेन्डरमार्फत खरिद गरी सडकमार्गबाट ४ हजार टनमध्ये १ हजार ज्ञ सय टन सिगात्से हुँदै शुक्रबार तातोपानीस्थित सुख्ख बन्दरगाह आइपुगेको बताउनुभयो । अन्नपूर्ण