
काठमाडौं । नेपालमा पहिलोपटक युरेनियम बरामद भएको छ । करिब २० वर्षअघि भारतबाट ल्याएर बौद्धस्थित एक घरमा लुकाइराखेको दुई किलो युरेनियम प्रहरीले बिहीबार बरामद गरेको हो । बरामद युरेनियमको मूल्य करिब ६ अर्ब पर्ने प्रहरीले जनाएको छ । ग्राहक बनेर गएका बिक्री गर्न खोज्ने नारायणसिंह तामाङ, जानुका तामाङ, प्रकाश चौहान र मनोज न्यौपाने पक्राउ गरेको छ ।
राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बरामद वस्तु युरेनियम नै भएको पुष्टि भएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, ‘बरामद धातु युरेनियम भएको पुष्टि भएको छ, यसको अहिले मूल्य करिब ५र६ अर्ब पर्छ भन्ने छ ।’ नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस्