
काठामडौं । यो सिजनको अन्तिम दुई चरणका खेलमा दर्शकले रंगशालामै गएर इंग्लिस प्रिमियर लिगका खेल हेर्न पाउने भएका छन् ।
प्रिमियर लिगले सिजनका अन्तिम दुई चरणका खेलमा दर्शकलाई रंगशाला आउन दिने तयारी भएको प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले बताएका छन् ।
यही मे १७ देखि १० हजार दर्शकलाई रंगशालामा आउन दिइने छ । हरेक क्लबले आफ्नो मैदानमा दर्शकको अघि खेल्न पाउने छन् । कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म अधिकांश खेल दर्शकबिहीन रंगशालामा आयोजना गरिएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्