१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु पेरिसडाडाँमा, वार्ता हुँदै


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेताहरुबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ । जसपाका नेताहरु माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँ पुगेका छन् ।

जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन् । सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु पेरिसडाडाँ पुगेका हुन् ।

केही दिन यता जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन् । ओली अल्पमतमा परेपछि नयाँ सरकार निर्माणको रस्साकस्सी चलिरहँदा जसपा निर्णायक शक्ति बनेको छ । जसपासँग संसदमा ३४ सिट छ ।