
काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएको छ ।
टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनायो । उसका लागि बसन्त रेग्मीले २२, सन्दीप जोरा र अमर रौटेलाले समान १८–१८ रन बनाए ।
यस्तै भुवन कार्कीले १४ रन बनाउँदा अविनाश बोहराले १२ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङतर्फ पुलिसका गुल्सन झा र सागर ढकालले ४–४ विकेट लिँदा पवन सर्राफ र ललित राजवंशीले १–१ विकेट हात पारे ।
अहिले पुलिसले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५÷२५ हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्