
गोपाल पोखरेल
काठमाडौं । मोरङमा एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिकासहित १७ वटा स्थानीय तह छन । त्यो मध्येको एक हो, केराबारी गाँउपालिका । केरावारी गाउँपालिकामा जम्मा १० वटा वडाहरु छन्, जसमध्ये पाँचवटा अति दुर्गम पहाडी भेगमा पर्दछन । जँहा सार्वजनिक सवारी साधन समेत चल्दैनन् ।
यहाँको पाटीगाँउ अति नै दुर्गम क्षेत्रमा पर्दछ । पार्टी गाउँको उत्तरमा धनकुटा जिल्लाको साँगुरिगडी गाँउपालिका पर्छ । विराटनगरबाट झण्डै ७० किलोमिटर टाढा रहेको यो गाउँ आफ्नै (केराबारी) गाँउपालिका केन्द्रबाट २३ किलोमिटर उत्तरमा पर्दछ ।
केराबारी गाउँपालिकाका वडा अध्यक्ष चन्द्रसिंह लिम्बुले दुर्गम भएपनि प्रकृतिक, धार्मीक, साँकृतीक पर्यटकिय र उत्पादकत्वको हिसावले निक्कै धनी भएकाले यसलाई सुगम बनाउन काम भई रहेको बताउनुभयो । मजबुत तरीकाले बनाउनका निम्ती पहल कदमी भइरहेको छ । सेति झरना, जैतुन पार्क, नामदिङगौरी झरना, शिव–पावर्ती गुफा, बाघ दुले गुफा यसका प्रकृतिक सम्पदा हुन् ।
मोरङको श्रीअन्तु भनेर चिनीने जैतुन पार्क पर्यटकिय आकर्षणको केन्द्र मानिएको छ । निकै उचाईमा रहेको यो ठाउँबाट सुर्योदयको दृष्य नियाल्न सकीन्छ । पार्कको स्तरउन्नती गरे आन्तरीक तथा बाह्य पर्यटकको नीकै सम्भावना देखिएको स्थानीय सय लिुम्बुको भनाई छ ।
पार्टी गाँउको समलामा रहेको शिव–पावर्ती गुफाको सुन्दरता अझै पनि उस्तै छ । महाशिवरात्री र मकर संक्रान्तीका दिन शिव–पावर्ती गुफामा मेला लाग्ने गरेको छ ।
त्यसो त पर्यटकीय संभाव्यता बोकेको सम्पदा मध्ये सेती र नामदिङ गौरी झरनाको त झन छुट्टै बिशेषता छ । निक्कै अग्लो डाडाबाट झर्ने पानिको छहराले जो कोहि पर्यटकलाई मन्त्रमुग्ध बनाउछ । सडक निर्माणलाई मुख्य प्रथामिकतामा राखेर कामगरे सो झरनालाई पर्यटन प्रर्बद्धन गराएर स्थानिय सरकारले लाभ लिन सक्नेछ ।
प्राकृतीक सौन्दर्यताले भरिपूर्ण यो पाटी गाँउ साँकृतीक , धार्मीक , र कृषी उपजहरु उत्पादन क्षेत्रको दृष्टीकोणले पनि महत्वपूर्ण रहेको छ । त्यसैले पर्यटन प्रबद्धन गर्न दु्रतरुपमा सडक निर्माण र प्रचारप्रसारलाई जोड दिन आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्