
web pic
पोखरा । १९औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ ।
पोखरा रंगशालामा चैत २१ देखि २८ गतेसम्म हु्ने प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लब पोखराले जनाएको हो । प्रतियोगितामा मनाङ स्वदेशी र विदेशी गरी ८ टिम सहभागी हुँदैछन् ।
प्रतियोगितामा भाग लिने टिमहरूमा मस्याङ्ग्दी, पुलिस, थ्रीस्टार, एपीएफ, संकटा, मछिन्द्र, आयोजक सहारा क्लब र अफिर्कन रूट एसोसिएसन क्यामरुन रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ हात पार्नेछ भने उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्