
काठमाडौं । नेपालमा थप ६० जनामा कोरोना संक्रमण देखिएको छ ।
२३ सय ६२ जनाको पीसीआर परीक्षणमा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७१ हजार दुई सय ४९ पुगेको छ ।
त्यसैगरी थप दुई जना कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेकोे छ ।
प्रतिक्रिया दिनुहोस्