
तस्विर फाइल
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले ताजा जनादेशको लागि दबाव दिन सडक संघर्षमा जान कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
शनिबार हेडौंडामा भएको कार्यक्रममा थापाले मुलुक राजनीतिक भूमरीमा फस्दै गएकाले यसको निकासका लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो ।
अध्यक्ष थापाले प्रजातन्त्रको लागि पटक–पटक लडेको कांग्रेस प्रजातान्त्रिक मूल्य मान्यता बिर्सेर कम्युनिष्टहरूसँग अपवित्र गठबन्धन गर्ने प्रयासमा रहेको बताउनुभयो ।
अध्यक्ष थापाले आगामी वैशाखमा हुने पार्टीको एकता महाधिवेशनबाट पार्टीलाई थप सशक्त बनाएर लैजाने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्