
तेह्रथुम । संघीय लोकतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले मार्क्स र लेनिनको फोटो बेचेर नेपालका कम्युनिष्टले राजनीति गर्दै आएकोे आरोप लगाउनुभएको छ ।
तेह्रथुमको छथर शुक्रबारेमा आयोजित लिम्बुवानको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश सांसद बिष्णु तुम्बाहाम्फेले देशको संविधान विना अध्ययन निर्माण गरिएकाले सबै जातजातीको हक नसमेटिएको बताउनुभयो ।
सबैको हक अधिकार नसमेटिएको संविधान घोषणा भएको दिन आफ्नो पार्टीले कालो दिनको रूपमा लिएको तुम्बाहाम्फे बताउनभयो ।
प्रतिक्रिया दिनुहोस्