
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल केही व्यक्तिको आर्थिक स्तर माथि पुग्दैमा मुलुक समृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताउनुभएको छ ।
प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताउनुभयो ।
सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने उहाँको भनाइ छ ।
प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्यापले सम्मृद्धिको सवालमा कैयौं प्रश्नहरू उठाएको भन्दै उहाँले तीनै प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्मृद्धिको रोडम्याप परिष्कृत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
आफ्ना बारेमा नकारात्मक प्रचारबाजी गरेर जनतामाझ नराम्रो छवि बनाउने कोशिष गरेको भन्दै उहाँले लेखकले यथाअवस्थालाई छर्लङ्ग राखेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्