१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनकपुरमा मध्यमा परिक्रमा सुरु


0
Shares

जनकपुरधाम । ऐतिहासिक तथा सांस्कृतिक महत्वको मिथिला मध्यमा परिक्रमा आज(शनिबार)देखि सुरु भएको छ ।

पहिलो दिन धनुषाको कचुरीमा रहेको मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित मिथिला बिहारीको रामजानकीको डोला निस्केको छ । भोलि(आइतबार) भारतको कल्याणेश्वर महादेवको दर्शन गरेपछि परिक्रमाको औपचापरिक सुरुवात हुन्छ ।

फागुन पूर्णिमासम्म चल्ने यो परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक ठाउँको परिक्रममा गरी १ सय २० किलोमिटर यात्रा गर्ने गरिन्छ । विभिन्न स्थानको परिक्रमा पछि १५ औं दिनमा जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यमा मिथिला परिक्रमा सम्पन्न गर्ने परम्परा रहिआएको छ ।

यस परिक्रममा भारतबाट समेत भक्तजन र साधु सन्तहरूको सहभागिता रहने गर्दछ । तर यस वर्ष कोरोना महामारीका कारण उनीहरुको सहभागिता कम रहेको छ ।