१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुसमा विपक्षी दलका २ सय भन्दा बढी नेता कार्यकर्ता पक्राउ


0
Shares

काठमाडौं । रुसमा विपक्षी दलका नेताहरुले आयोजना गरेको सम्मेलनमा सहभागी २ सय भन्दा बढी नेताहरु पक्राउ परेका छन् ।

रुसको मस्कोस्थित एक होटेलमा आयोजना गरिएको सम्मेलनकै क्रममा प्रहरीले धरपकड गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले कोरोना महामारीका बीच भेला गरिएको भन्दै पक्राउ गरिएको जनाएपनि नियतबस पक्राउ गरिएको विपक्षी नेताहरुको आरोप छ ।

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक अलेक्सी नाभाल्नीको पक्राउ प्रकरणपछि रुसका विपक्षी नेताहरुले मस्को सम्मेलनको आयोजना गर्दै आएको छ । रुसको स्वतन्त्रताका लागि आयोजना गरिएको सम्मेलनमा सहभागी नेताहरुले राष्ट्रपति पुटिनको कडा आलोचना गर्नुका साथै चुनावी प्रतिस्पर्धामा आउन खुला रुपमा चुनौती समेत दिएका छन् ।

रुसमा विपक्षी दलका नेताहरुलाई रुस विरोधी तत्वको संज्ञा दिँदै आएको छ । पक्राउ परेकाहरुकामाथि अनुसन्धान थालिएको छ । यता विपक्षी दलले भने रुसी राष्ट्रपतिको ज्यादती बन्द गर्न र स्वतन्त्रता हनन् नगर्न चेतावनी दिँदै आएको छ । एजेन्सी