
प्रतिनिधी तस्वीर
काठमाडौं । काजकिस्तानमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ । काजकिस्तानको राजधानी नुर सुल्तानबाट उडान भरेको एन–२६ सैन्य विमान अलमाटी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।
६ जना सवार विमानमा दुईजना गम्भीर घाइते भएका छन् । अवतरणका क्रममा विमानमा आगलागी भएको थियो । आगलागीका कारण विमान जलेर ध्वस्त भएको छ । आगलागी नियन्त्रण गर्ने क्रममा दुईजना यात्रुको सकुशल उद्दार गरिएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्