
शिवहरि भट्टराई (इमेज)
राजविराज, साउन ८ । सप्तरी सदरमुकाम राजविराजस्थित राजदेवी मन्दिरमा मंगलबार १०१ किलोको घन्टी जडान गरिएको छ ।
सप्तरी घर भइ काठमाडौंमा बस्दै आएका समाजसेवी शिवप्रसाद शर्मा र गोपाल राजवाहकले आफ्नै खर्चमा उक्त घन्टी स्थापना गरेका हुन् ।
आफ्ना बुवाआमाको सम्झनामा धार्मिकस्थलमा घन्टी जडान गरिएको उनीहरुको भनाइ छ ।
सो घन्टी करिब दुई लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरी जडान गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्