
काठमाडौं । श्रीलंकामा राष्ट्रिय सुरक्षाको कारण देखाउँदै मुस्लिम महिलाहरुले बुर्का प्रयोगमा रोक लगाएको छ । बालबालिकाको १ हजार बढी अध्ययनस्थल मदरसा बन्द गर्ने निर्णय गरेको छ ।
श्रीलंकाका सार्वजनिक सुरक्षा मन्त्री सारथ विरासेकाराले बुर्कामा प्रतिबन्ध र मदरसा बन्द गर्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको जानकारी दिएका छन् । बुर्काले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारेको भन्दै मन्त्री विरासेकाराले अव बुर्कामा प्रतिबन्ध लगाइएको जानकारी दिए ।
श्रीलंकामा सन् २०१९ को इस्टरमा श्रीलंकामा भएको आतंकवादी हमलापछि बुर्कामा अस्थायी प्रतिबन्ध लगाइएकोमा अब पूर्ण रुपमा प्रतिबन्ध लगाइने भएको हो । श्रीलंकामा झन्डै ९ प्रतिशत मानिस मुस्लिम छन् भने जनसंख्या ७० प्रतिशत बुद्ध धर्मालम्वी छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्