१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


क्रिकेटर धोनीको बौद्ध भिक्षुको नयाँ अवतारको तस्वीर भयो भाइरल


0
Shares

काठमाडौं । टीम इंडियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी आईपीएलको १४ औं सिजनको तयारीमा छन् । यसैबिच समाजिक सञ्जालमा उनको एक तस्वीर भाइरल भइरहेको छ ।

धोनी कपाल मुन्डन गरेको र बौद्ध भिक्षुको पहिरिएर एक जंगलमा देखिएका छन् । तस्वीर हेर्दा कुनै विज्ञानपनको जस्तो लागेपनि खास के को हो भन्ने खुलाईएको छैन । स्टार स्पोर्टस्ले आफ्नो अफिशियल टुइटर ह्यान्डलबाट ९ सेकेन्डको प्रोमो सेयर गरेको छ। प्रोमोमा धोनीले भनेका छन् ‘यो अवतारको पछाडी के छ , छिटै पत्ता लाग्नेछ ।’

धोनीको टीम चेन्नई सुपर किंग्स आईपीएल २०२१ को तयारीमा लागि रहेको छ। १४ अप्रिलमा चेन्नेई दिल्ली क्यापिटलविरुद्ध आफ्नो आईपीएल अभियान सुरु गर्नेछ । एमएस धोनीको कप्तानीमा चेन्नई सुपर किंग्स तीन पटक आईपीएल जीतिसकेको छ। तर पछिल्लो आईपीएल सीजन चन्नईको लागि धेरै खराब रहेको थियो ।

पछिल्लो आईपीएलमा सीएसकेले १४ मा मात्र ६ म्याच जीत्न सफल भएको थियो । तर अंकतालिकामा ७ औं नम्बरमा थियो । धोनीले १४ म्याच मा जम्मा २०० रन बनाउन सकेको थिए।

धोनीले १५ अगस्तमा २०२० को अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । भारतको लागि ३५० वनडे, ९८ टी २० इंटरनेशनल र ९० टेष्ट म्याचमा खेलेर १७२६६ रन बनाए । त्यतिबेला उनले १०८ अर्धशतक १६ शतक लगाएका थिए ।