
सिराहा । सिराहाको लहान मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।
विस्फोटमा मालपोत कार्यालयको कर्मचारी शिवकुमार यादवसहित सेवाग्राही घाइते भएका छन् ।
घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोलाबहादुर पाछे मगर, धनगढीमाइ ४ दिनेशकुमार भन्डारीको अवस्था चिन्ता जनक रहेको छ।
बम कस्ले राखेको र किन राखेको भन्ने खुलिसकेको छैन । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्