९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


१ खर्ब ३ अर्ब लगानीमा मल कारखाना


0
Shares

काठमाडौं । सरकारले रासायनिक मल कारखाना स्थापना गर्न अध्ययन तीव्र पारेको छ । हरेका वर्ष सिजनमै मल अभाव भएपछि त्यसको समाधानका लागि स्वादेशमै कारखाना स्थापना गर्ने तयारी गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपन्छी विकासमनत्री पदमाकुमारी अर्यालसहितको सहभागितामा आइतबार गरिएको मल कारखानाबारेको बिफिङमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएको कृषि सचिव योगेन्द्रकुमार कार्कीको जानकारी दिनुभयो ।

रासायनिक मल कारखाना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । ‘मन्त्रिपरिषद्मा छिट्टै पठाउने सहमति भएको छ,’ उहाँले भन्नुभयो ‘यो निर्णय ऐतिहासिक हो, अबको पाँच वर्षमा कारखाना स्थापना हुन सक्छ ।’ कान्तिपुर