
काठमाडौं । क्रिष्टियानो रोनाल्डोले औपचारिक खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमानी कायम गरेका छन् ।
सो कीतिमानीसँगै फुटबलमा महान खेलाडी पेलेले उनलाई बधाई दिएका छन् । यसअघि यो कीर्तिमान पेलेको नाममा थियो । रोनाल्डोले इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति काग्लिएरीसँग भएको खेलको सुरुको ३२ मिनेट भित्र तीन गोल गरे ।
उनले आफ्नो खेल जीवनमा ७७० गोल गरेका छन् । यो पेलेले खेल जीवनमा गरेको भन्दा तीन गोल बढी हो । उनले आफ्नो खेल जीवनमा ७६७ गोल गरेका थिए । केही प्रतिवेदनहरुमा यसलाई विश्व कीर्तिमान पनि भनिएको छ ।
तर चेक फुटबल एसोसिएसनले भने सर्वाधिक गोलकर्ताको कीर्तिमान अस्ट्रिया र चेकोस्लोभाकियाका पूर्व स्ट्राइकर जोसेफ बिकानको नाममा रहेको दाबी गर्दै आएको छ । बिकानले ८२१ गोल गरेको दाबी चेक फुटबल एसोसिएसनको छ ।
तर रेकस्पोर्ट स्कोरको तथ्यांकमा भने बिकानले खेल जीवनमा ८०५ गोल गरेको उल्लेख छ । तर उनले गरेका २७ गोल औपचारिक अन्तर्राष्ट्रिय खेलमा गरेका गोल भने होइनन् । यसले गर्दा उनको औपचारिक गोल संख्या ७५९ हुन आउँछ । रोनाल्डोले पेलेप्रति आफ्नो असीमित सम्मान र आदर रहेको बताएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्