
एजेन्सी । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनबर लगायत अन्य राज्यहरुमा भएको भारी हिमपातका कारण २ हजार हवाई उडानहरु रद्द भएका छन् ।
हवाई सेवा अवरुद्ध भएका कारण सयौं यात्रु विमानस्थलमा नै बस्न बाध्य भएका छन् ।
डेनवरमा १८ देखि २४ इन्जसम्मको हिउँ जमेपछी त्यहाँ आपतकाल घोषणा गरिएको छ ।
कोलोराडो पारवहन बिभागले एक सूचना जारी गरी अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरिएको छ ।
यातायातका साधन सञ्चालन अवरुद्ध भएका कारण कोलोराडोका विद्यालय, कलेजहरु बन्द गरिएका छन् ।
गत फेब्रुअरीमा अमेरिकाको टेक्सासमा भारी हिमपात हुँदा २१ जनाको मृत्यु भएको थियो भने त्यसको प्रभाव २५ दिनसम्म परेको थियो ।
प्रतिक्रिया दिनुहोस्