१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्याङ्जामा बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा भेल बहादुर पक्राउ


0
Shares

स्याङजा । स्याङजामा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । हरिनास गाउँपालिका – ७ अर्गली बस्ने ३३ वर्षीय भेल बहादुर थापा पक्राउ परेका हुन् ।

उनलाई १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

थापालाई कात्तिक १२ गते साँझ साँढे ५ बजेको समयमा बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।