
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोली चैत ३ गते केन्द्रीय सदस्यहरुका लागि चियापान कार्यक्रम आयोजना गर्नु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भोली बिहान ११ बजेदेखि चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम राखिएको छ ।
चैत ७ गते बस्ने १२ औं केन्द्रीय कमिटीको बैठकको सन्दर्भमा चियापान कार्यक्रम आयोजना गरिएको हो ।
प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेताद्वय नेपाल र खनालसहित स्थायी कमिटी सदस्यहरूलाई टेलिफोनबाट चियापान र अनौपचारिक संवादका लागि निम्तो दिनुभएको छ ।
त्यस्तै, प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले सबै केन्द्रीय सदस्यलाई मोबाइलमा निम्तोसहितको सन्देश पठाउनु भएको छ ।
यसअघि १० औं र ११ औं बैठक नेपाल पक्षलाई थाहै नदिई राख्नुभएका ओलीले १२ औं बैठकमा भने सबैलाई उपस्थित हुन सार्वजनिकरुपमै निम्तो दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्