
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । हिजोको बैठकमा प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।
बैठकमा प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ शाह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।
यस्तै अध्यक्ष प्रचण्डले पार्टीको नाम फेर्न गरेको प्रस्तावको अधिकांश केन्द्रीय सदस्यहरुले विरोध गरेका थिए । उनीहरुले हतारमा पार्टीको नाम फेर्न नहुने सुझाव दिएको नेताहरुले बताएका छन् ।
आजको बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्