
Picture:file
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकै पपुलर भएको बताउनुभएको छ ।
आफूलाई मन नपराउनेहरुले पनि समर्थन फिर्ता नलिएकाले आफू निकै पपुलर भएको बताउनु भएको हो ।
उहाँले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको कुराको प्रसंग कोट्याउँदै यस्तो कुरा गर्नुभएको हो ।
प्राइम टेलिभिजनसँग कुरा गर्दै ओलीले एउटा जेट दुई जनाले हाकिन्जेल हाँकेको बताउँदै पाइलट सिटबाटै पुष्पकमल दाहाल हामफालेर भागेको आरोप लगाउनुभयो ।
‘हाकिन्जेल हाँक्या हो। ल्याण्ड गर्न पाएको छैन ढोकाबाट जम्प गरेर, पाइलटको सिटबाट फाल हानेपछि के लाग्छ र,’ दाहालप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।
जनता समाजवादीसँग सत्ताको सहकार्यका लागि छलफल भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्