
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ मसिने भिरमा गएराती टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा मकवानपुरको भिमफेदी २ का २५ वर्षीय विनोद बल रहेका छन् ।
चन्द्रागिरी नगरपालिका २ मसिनेबाट ग्रावेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिपर गएराती ९ बजे दुर्घटना भएको थियो।
टिपर सडकबाट करिब छ सय मीटर तल खसेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्