५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


हनी ट्रयाप, यौन जीवन, यौन शोषण र बलात्कार


130
Shares

सञ्जीव कार्की । जीवन, यौन जीवन , यौन आनन्द र यौन प्रसंग प्राय सबैलाई रमाइलो नै लाग्छ । सृष्टीको अनुपम वरदान यौनजन्य क्रियाकलाप जति सुन्दर छ जति आकर्षक छ जति सुमधुर छ त्यति नै विकराल विकृत र बदनाम पनि छ । सामजिक जीवनमा जसरी अनुशासनको महत्व र गरिमा हुन्छ त्यस्तै यौनमा पनि यसको अनुशासन मर्यादा र जिम्वेवारी रहन्छ । यौन आनन्द मात्र हैन यौन जीवन पनि हो , यौन कला पनि हो , यौन सबैभन्दा ठूलो यसको ब्यबस्थापन पनि हो । यौन जीवनमा यौन ब्यबस्थान कलामा अत्यन्तै सुन्दर चिज जब अब्यबस्थित बनिदिन्छ तव यसमा कुरुपता र विकराल, भयानक परिस्थिति उत्पन्न हुनजान्छ । सुन्दर हराभरा र आकर्षक देखिने मान ,सम्मान, इज्जत ,प्रतिष्ठा पल भरमै खरानी बन्छ । जीवनका लागि यौन अपरिहार्य छ तर ब्यबस्थित र मर्यादित । मर्यादाहीन यौनले जीवन र जगतकै बदनाम गर्छ व्यक्तिको व्यक्तित्व नरक वास योग्य बनाइदिन्छ । नरक जेल हो त्यहाँको बासिन्दा बनाउछ अब्यस्थित यौन र अबैधानिक यौनले । यौन रहस्यमय छ जब यसको रहस्य अप्राकृतिक रुपमा बाहिरिन्छ तव यसले नकारात्मक रौनकको नकारात्मक परिणति तिर उन्मुख गराउछ ।

संसारभर बढी खोजिने, चर्चा र बदनाम दिने र लुकाइने विषय र मामला हो यौन । जति बदनाम , जति बर्जित जति रहस्यमय भए पनि यो सृष्टीको अभिन्न पाटो हो । यौन भएन भने प्रकृतिमा प्राणीहरुको शृस्टि रोकिन्छ । यौन रहित बस्तु पात्र र जिवित चिजबिज संसारमै केही नहोला त्यसैले यौन पनि विकृति रहित छैन । यौन पृथ्वीमा व्यापार बनेको पहिलो पेशाको रुपमा पनि परिभाषित छ यद्दपि यसको व्यापार ब्यबसाय संसारकै निक्रिस्ट पेशाको रुपमा बुझिन्छ । यौन ब्यापारीलाई अत्यन्तै घटिया नजरले हेरिन्छ । विश्वको सबैभन्दा पहिले शुरु भएको धन्दा भए पनि यो धन्दा सर्वत्र बर्जित निन्दायोग्य छ । कहिँ कतै लाइसेन्स दिएर सेक्स ब्यापार बैधानिक बनाएको पनि छ आधुनिक समाजले ।

विगतमा ठूलाठूला तपस्वी, ज्ञानी, ध्यानी ऋषि महर्षिहरु राजा महाराजाहरुको तपस्या ध्यान भंग गर्न परि, अप्सरा ,तिलोत्तमा आदिको प्रयोग गरिन्थ्यो । सांसारिक मोहजाल र माया भ्रम भन्दै घर ब्यवहार, यौन जीवन सब त्यागेकाहरुलाई उसको सत् जाच्ने विधिको रुपमा रंगीबिरंगी अप्सराहरु खटिने गर्थे, त्यागी तपस्वीको ध्यान भंग गराउन अनेकन सेक्सी हाउभाउ गर्थे कति विचलित हुन्थे कति सतमा अडिग रहन्थे । जो विचलित बन्न पुग्थे तिनीहरु पुन घर गृहस्थ गरेर सामान्य जीवनमा फर्कन्थे जो तपस्यामा लीन हुन्थे तिनीहरु महा तपस्वी ज्ञानी ध्यानी ऋषि महर्षि बन्थे, छुटै इज्जत र मान प्रतिष्ठामा पुग्थे ।

आज पनि ज्ञान, ध्यान, धर्म, योग भनेर बिभिन्न धर्म, सम्प्रदायका मानिसहरु मठ मन्दिर, गुम्बा र मस्जिदमा छन । यौन जीवन त्यागेर सन्यास ग्रहण गरेका हुन्छन तर हिजो अप्सरा र मेनकाहरु प्रयोग हुन्थे आज भक्त भक्तिनिको रुपमा नर नारीहरु बिभिन्न आश्रममा पुग्छन । ज्ञानी ध्यानीको संकल्प र अठोटमा धावा बोल्छन । सुन्दरीहरु आफै धावा मात्रै बोल्दैनन, ज्ञानी, ध्यानिको गुप्त सेक्स पाटनर बन्छन । कतिपय अवस्थामा लामो समयसम्म ज्ञानी सन्यासीको यौन, भोक, शान्त पार्छन । सन्यास लिनेहरु स्त्रीबाट स्त्रीको संसर्गबाट टाढा रहने आफ्नो धर्मबाट च्युत बनेर स्त्रीलम्पट भएर निस्कन्छन अनि नाजायज तर  सहमितिमा यौनजन्य क्रियाकलाप गर्छन, बिभिन्न धार्मिक , सामाजिक अखडामा अवैध यौनजन्य क्रियाकलापमा संलग्न बन्छन ।

जब सम्बन्धमा दरार पैदा हुन्छ तव पुर्व सहमति, पुर्व मित्रता सत्रुतामा बदलिन्छ र सेक्स बलात्कारमा परिणत हुनुपुग्छ । गुरु चेला पीडक र पिडितको अवस्थामा पुग्छन । विगत लामो समय देखि अबैध सेक्स सम्बन्ध राख्नेहरु एकाएक बलात्कार गरेको आरोप सहित सार्वजनिक बन्छन र व्यक्तिको सार्वजनिक छवी, ध्वस्त हुन्छ ।

गतवर्ष कृष्णबहादुर महरा जो सभामुख थिए देशको उच्चस्तरीय भाइटल पोष्टमा विराजमान थिए यस्तै बलात्कारको अभियोगमा पद र प्रतिष्ठा गुमाएर जेलको चिसो छिडीमा बस्न केहि समय बस्न पुगे । यहाँ प्रश्न उठ्छ वर्षौको अन्तरंग सम्बन्ध एकाएक बलात्कारमा परिणत कसरी भयो ? बलात्कार आफैमा जघन्य पशुवत ब्यवहार हो तर बर्षौ सम्बन्धमा रहेका मान्छेहरु अकस्मात बलात्कारको अभियोगमा पर्छन भने त्यतिबेला गम्भीर भएर सोच्न बाध्य हुनुपर्छ । अबैध सम्बन्ध किन बलात्कार भएर प्रकट हुन्छ ? कुन स्वार्थको गोटी बन्न पुग्छन महिलाहरु ? बलात्कार भनेर किन अनेकन कुराको बार्गेनिङ हुन्छ ? सहमतिको सम्बन्ध कसरी यौन शोषण र बलात्कार सम्म पुग्छ ? बलात्कार भएका छन, यौन शोषण भएका छन, यौन सम्बन्ध रहेका छन तर मन मुटाव भएपछि मात्रै बलात्कार हुने, यौन शोषण हुने घटना र अवस्थाको गम्भीर समीक्षा हुनु जरुरी छ ।

अबैध सेक्स सहमतिमा नै भए पनि हाम्रो कानुन, सामजिक रित र परम्पराले वर्जित गरेको छ । दण्डनीय अपराध मानेको छ तर परस्परको सहमतिमा लामोसमय सम्म चलेको सेक्स सम्बन्ध अचानक बाहिर आउनु अनि बलात्कार कै अभियोगमा पुग्नुमा चै यसको गाम्भीर्यता र प्रकृति अनुसार अलि फरक ढंगले विश्लेषण गरेर कानुन बन्न सकेन भने आरोपको आधारमा पनि धेरैको सामाजिक जीवन चौपट हुन्छ, धार्मिक आस्था खण्डित हुन्छ, राजनीतिक सिद्धान्त चकनाचुर हुन्छ ।

समाजमा बिभिन्न आबरणको पर्दा भित्र सेक्स खरिदबिक्री देखि, सेक्स सम्बन्ध, सेक्स शोषण अनि बलात्कार सबै घटना भएका छन र हुन्छन आदि अनादिकालदेखि काल देखि सेक्स अनेकन रुपमा आएको छ । सबै यौन सम्बन्ध बलात्कार हुदैनन् तर जुनसुकै प्रकारको सेक्स सम्बन्धलाई बलात्कार र शोषण भनेर बुझाउने त्यस्तै उजुर बाजुर गर्ने संस्कार पनि शुरु भएको छ यो डरलाग्दो सामाजिक रोग, घटना, प्रकोप बन्दैछ । सबैजसो सेक्स सम्बन्ध दरारमा पुग्दा बलात्कार भनिने घटनाको कारण बास्तविक बलात्कार र पीडितको सामान्यीकरण हुदैछ यसको प्रत्यक्ष मार वास्तविक पिडितलाई पर्न सक्छ अत बलात्कार जस्तो पशुवत र निर्मम घटनाको सामान्यीकरण रोकौ । बलात र हठात जे गरिन्छ त्यो बलात्कार हो । अतिशयोतिपूर्ण हेराइ समेत बर्जित मानिएको छ भने जबर्जस्ती करणी कानुनको नजरमा क्षम्य हुनै सक्तैन । बिभिन्न डर धाक, लोभ प्रलोभनमा यौन शोषण भएका छन जसलाई बाहिर ल्याउन समय लाग्छ, मौका पर्खनु पर्छ तर बलात्कारको घटना जहिले गरे पनि पहिलो नै हुन्छ त्यसैले यसको कानुनी उपचार तुरुन्त र समयमै गर्नु पर्छ ।

सहमतिका सम्बन्धहरु बलात्कारको आवरणमा प्रकट भएका धेरै उदाहरण सुन्न र देख्न पाइएका छन जुन निन्दनीय र लज्जास्पद छन् । धर्म संस्कृतिको नाममा पनि बिभिन्न साधु सन्तहरु, सन्यासी र योगीहरू, पिठाधिस र मठाधीशहरु बारम्बार चर्चा र विवाद अनि बलात्कारको प्रयास अनि बलात्कारको अभियोगमा विश्वभर नै पर्ने गरेका छन । भारतमा आशाराम बापू , रामरहीम लगायतका सन्तहरु धर्मको आडमा बलात्कार गर्ने ढोंगी र पाखण्डी भएर निस्केका ताजा उदाहरण हुन्, त्यसै गरि नेपालमा पनि बलात्कार र यौन शोषणको आरोपमा सन्त देखि गुम्बामा बस्ने भिक्षु अनि लामाहरु पनि आरोपित छन कति प्रमाणित भएर दण्ड भोग्दैछन भने कतिको छानबिन हुदैछ कति पक्राउ पर्न सकेका छैनन् । धार्मिक, समुह, सम्प्रदाय र आस्थाको कारण पनि यिनीहरु ज्यादती गरेर पनि सत्ता र शक्तिको आडमा बलिया छन ।

भर्खरै एक महिलाको उजुरीको आधारमा एक शक्तिसाली सन्त कृष्णदास महाराज पक्राउ परेर छानबिनको क्रममा हिरासतमा बसेर हाल भक्तिनीको समर्पण सहमतिको सेक्स सम्बन्ध हो बलात्कार होइन भन्ने फैसला आएको छ । दक्षिणकाली स्थित गुम्बाका धर्मगुरु टुल्कु लामा यौन दासी बनाएर बलात्कार गरेको आरोप प्रमाणित भएर अहिले जेलमा छन् । आफुलाई लिटिल बुद्ध भनेर चिनाउने रामबहादुर बम्जन बलात्कार र हत्याको गंभिर आरोपमा छन तर यिनी शक्तिको बलमा पक्राउ पर्न नसक्ने आज सम्मका सबैभन्दा बलिया धर्मगुरु बनेका छन । प्रस्तुत उदाहरणले के देखाउछ भने यौन सबै धर्म सम्प्रदाय, राजनीति सबैतिर ब्यबस्थापन गर्न नसकेका कारण बदनाम छ । यौन ब्यबस्थापन असाध्यै जटिल र बृहत भएकोले धेरै मान्छेहरु ठुलो पद, ओहोदा र व्यक्तित्वहरु यसको विचलनमा परेका छन l।

यौन ब्यबस्थापनको सबैभन्दा असल र भरपर्दो माध्यम विवाह हो तर आजकल मान्छेहरु विवाह इतर सम्बन्ध राखेर पनि यौनको भोक प्यास मेटाउछ्न, यौन सम्बन्ध बनाउछन । साधना तपस्याबाट यौन आकांक्षालाई निर्मम तवरले दबाएर पनि यौनलाई ब्यवस्थापन गर्न केही मान्छेहरु सफल छन तर अधिकांस मान्छे यौन विचलनमा पुग्छन फलत साधु सन्तहरु विवाह गर्न पुग्छन त कति यौन शोषण र बलात्कारको फन्दामा जाकिन पुग्छन ।

यौनलाई बर्जित होइन ब्यबस्थित र मर्यादित बनाउनु पर्ने आवश्यकता विगतमा पनि थियो आज पनि उत्तिकै छ । लिभिंग टुकेदर पनि एक प्रकारको यौन ब्यवस्थापनको माध्यम हो तर आजभोली लिभिंग टुकेदर मात्र हैन विवाह पनि बलात्कारको रुपमा देखिएको छ । विवाह बलात्कारको लाइसेन्स हो भनेर भन्ने मान्छेहरु पनि थिए । यो भनाइ  बिबादित थियो, छ  अहिले कसै कसैले बैबाहिक बलात्कारको केस गरेर आफ्नो श्रीमान् पक्राएको घटना र कारणले पनि विवाह बलात्कार पनि बन्न पुगेको छ ।

यौन आनन्द हो, सृस्टी धान्ने चक्र हो तर यसलाई यौन शोषण, बलात्कार बनाएर मानव सभ्यता क्रुर र घीन लाग्दो बन्दैछ । यौन सदुपयोग हुनुपर्ने दुरुपयोग र दुर्भाग्य हुदैछ । वैध यौन, अवध यौन , यौन शोषण र बलात्कार, यौनका नै रुपहरु हुन् तर यौनको दुरुपयोग, यौन सम्बन्धको व्यापार , कानुनि बन्दोबस्तीमा गम्भीर , बहस , छलफल , निचोड र निस्कर्ष आवस्यक छ अन्यथा यौनमामला स्वभाविक बन्न छोडेर अस्वाभाविक, उत्ताउलो , अमर्यादित , व्यापार , बार्गेनिंग र अभिशाप बन्ने बाटोमा पुग्नेछ । हाम्रा सामाजिक सम्बन्धहरू टुटफुटमा जानेछन, व्यक्तिको निजि जीवन र सार्वजनिक जीवन चौपट हुनेछ । यौन अराजकता बढ्ने छ । अराजकताको अन्तिम रुप समाजको दुर्घटना हो जुन बारम्बार दोहोरिनु दुर्घटना स्वाभाविकतामा परिणत हुदै जानु हो ।

आजकल हनी ट्रयापमा पारेर बार्गेनिङ र ब्ल्याक मेलिइङको माध्यम नारीलाई बनाइएको पाइन्छ । नारी पीडित बन्नु पनि हुदैन र पिडक पनि । पुरुष पिडक बन्न र हनि ट्रयापमा पर्न पनि हुन्न । हनी ट्रर्याप पनि विगत देखि आज पर्यन्त चलेको यौनको विकृत रुप हो । [email protected]