१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वामदेवले बोलाए आफ्नो गुटको बैठक


0
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाउनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाउनुभएको हो ।

गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले राष्ट्रिय एकता अभियानसुरु गर्नु भएको छ ।

विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ ।