२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओली र नेपालबीचको भेटवार्ता सकियो


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ ।

ओली र नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । बैठकमा के विषयमा छलफल भयो भन्ने जानकारी आइसकेको छैन् ।

नेता नेपालसँग उहाँका साथमा भीम रावललगायतका नेता पनि धुम्बाराही पुग्नुभएको थियो ।

ओली र नेपालबीच पाँच महिनापछि छलफल भएको हो ।