२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल र ओली पक्षबीचको छलफल सकारात्मक


0
Shares

Kp Oli madhab nepal meeting

काठमाडौं । नेकपा (एमाले)का प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफल सकारात्मक भएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको दुई पक्षबीचको छफफलमा दुवैले एकअर्काको अडान राखेको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

आफूहरूले फागुन २८ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय मान्य नहुने जानकारी गराएको उहाँको भनाइ छ ।

पन्तले पार्टीको बैठक बालुवाटारमा गर्नुपर्ने, सबैलाई नबोलाइ गरिएको केन्द्रीय कमिटी बैठकका निर्णयहरू मान्य नहुने विषयमा आफ्ना अडानहरू राखेको स्पस्ट पानुभयो ।

उहाँले दुवै पक्षले आ–आफ्ना कुरा राखे पनि नेकपा एमालेलाई सुदृढ बनाएर लैजाने पक्षमा दुवै पक्ष सहमत भएको बताउनुभयो ।