
काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरू रहेकाले समुदायलाई पहिचान गर्नसमेत गाह्रो भएको भन्दै आयोगले थरहरूको सूचिकृत गर्न लागेको हो ।
सोमबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ को विषयमा सञ्चारकर्मीसँगको छलफलमा थर सुचिकृत गर्न मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययन भएको बताउनुभयो । हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने अध्यक्ष अन्सारीको भनाइ छ ।
आयोगले २०७६/०७७ मा मुस्लिम समुदायको जनसंख्या बढी भएका ११ जिल्लाका ९१ जना महिला र ७५ जना पुरुष गरी १ सय ३१ जनालाई सिपमूलक तालिम दिएको जनाएको छ । त्यसैगरी मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जाका २ सय ३६ मदरसा सम्बन्धी तथ्याङ्क र सुचनाहरू संकलन गरिएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्