१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेको नेपाल पक्षले ४ र ५ गतेको कार्यकर्ता भेला नरोक्ने


0
Shares

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गतेका लागि डाकेको कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेट वार्तापछि नयाँ बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षको बैठकले कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो ।

नेपाल पक्षले प्रधानमन्त्री ओलीले मंगलबारका लागि डाकेको चियापान कार्यक्रममा समेत सहभागी नहुने निर्णय गरेको छ ।

ओली पक्षले फागुन २८ गतेका निर्णयहरू नसच्याएसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरिएको रघुजी पन्त जानकारी दिनुभयो ।