
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक पनि औपचारिकतामा सीमित हुने भएको छ ।
संसद् सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममको सूचीमा बैठकको अध्यक्षता ग्रहण गर्ने सदस्यहरूको मनोनयन र संविधान सभा सदस्य दिनेशचन्द्र यादवको शोक प्रस्ताव पारित हुने भएको छ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको तर्फबाट ‘बिजनेस’ नदिएपछि बैठक औपचारिकतामा मात्र सीमित हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्