१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपमा खराबी नरहेको डब्लुएचओको दावी


0
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अभियान नरोक्न अपिल गरेको छ ।

युरोपका विभिन्न देशहरुले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप तत्कालका लागि लगाउन रोकेका बेला डब्लुएचओले अभियानलाई निरन्तरता दिन आग्रह गरेको हो । खोप र ब्लड कल्टबिच कुनै सम्बन्धको प्रमाण नरहेको डब्लुएचओले जनाएको छ ।

डब्ल्युएचओका सुरक्षा बिशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसन्धानमा एस्ट्राजेनेकामा कुनै त्रुटी नभएको उसले स्पष्ट पारेको छ ।

बिश्वका १ करोड ७० लाख मानिसले लगाइसकेको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपले मानिसमा समस्या देखिएको भन्दैै बिश्वका विभिन्न राष्ट्रले यो खोपमा रोक लगाएका छन् ।

यसैबीच डल्ब्लुएचओका स्वास्थ्य बिशेषज्ञहरुको बिशेष बैठक आज बस्ने भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपबारे छलफल गर्न बैठक बस्न लागेको हो । एजेन्सी