१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अव्यवस्थित सडक निर्माणले जंगल क्षेत्र दोहन


0
Shares

सिन्धुली । सिन्धुलीको महाभारत र चुरे क्षेत्रमा निर्माणधिन सडकहरुका कारण जंगल क्षेत्र अत्याधिक दोहन भएको छ ।

जिल्लाका पहाडी क्षेत्रहरुमा सडक विस्तारका कारण वातावरणीय विनास र भूक्षयको समस्या बढेर गएको हो । सडक विस्तार गर्ने भन्दै पहाडका डाडापाँखा जथाभावी रुपमा भत्काउने र अनियन्त्रित रुपमा दोहन गर्न थालीएको छ । वन जंगल क्षेत्रमा ग्रामिण सडक निर्माण गर्दा वन कार्यालयसँग लिनु पर्ने स्विकृति विनै जथाभावी रुपमा सडक निमार्ण थालीएको छ ।