१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जंगली जनावरका कारण रास ताल पर्यटकको रोजाइ बन्दै


52
Shares

प्रकाश लिम्ब

तेह्रथुम । फुर्सदिलो समय बिताउन विभिन्न पर्यटकीय गन्तव्यहरु पर्यटकहरुको रोजाईमा पर्ने गरेका छन् । पारिवारिक तथा सामुहिक रुपमा भ्रमण गर्न प्राय सबैलाई मन पर्छ ।

त्यसैले पनी नयाँ नयाँ गन्तव्यको खोजी गरि रहेका हुन्छन् पर्यटकहरु । जहाँ प्रकृतीको सुन्दरता सँगै मनको बोझलाई थोरै भएपनी हल्का बनाउने खोजी भईरहेको हुन्छ । यस्तै मनमा भएका थकान मेट्ने मुख्य गन्तव्य बनेको छ सुनसरीको यो रासताल ।

साना तथा ठुला सवारी साधानबाट सहजै पुग्न सकिने यो ताल यतीबेला पर्यटकहरुको आकर्षण बन्न थालेको छ । चारकोशे झाडीको काखमा रहेको यो तालमा यतीबेला पर्यटकहरुको घुईचो देख्न सकीन्छ । सफा र सुन्दर ताल सँगै तालको वरीपरी रंगिन बत्ती जडानले अझ यहाँ आउने पर्यटकहरुलाई मोहित बनाउने गरेको छ । तालमा पुगेपछी यसको सौन्दर्यमा नलठ्ठीने को होला र ? शहरमा बसेर वा विभिन्न कारणले पाइरहेको तनावलाई कम गर्न सक्छौ डुङा चढ्न पाइने भएकाले झन मन रमाउने गरेको यसोदा चेम्जेङले बताउनुभयो ।

सीमसार क्षेत्रलाई इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठानले संरक्षण गर्दै आएको छ । करिब ४४ बिघाको ताल क्षेत्रमा पानी पोखरीले मात्रै १५ बिघा ओगटेको छ । तालमा ढुङगामा सवार गर्दै पर्यटकहरु भुल्ने गरेका हुन्छन् । पछिल्लो समय यो ताल क्षेत्रमा वनभोजको लागी आकर्षण बन्न थालेको छ । तालमा दैनिक २ सय तथा सार्वजानिक बिदाका दिन ५ सय भन्दा बढी आन्तरिक पर्यटक आउने गरेकाछन् । यहाँ आउने पर्यटनको बढी लाग्ने गरेपनि शनिबारको दिन अलि धेरै आउने गरेको धिरेन्द्र चौधरीले बताउनुभयो । फिसिङको पनि सुविधा रहेको बताउनुभयो ।

यो ताल पछिल्लो समय ६४ बिघा नामबाट पनि परिचित हुदै गएको छ । जंगलको बीचमा भएकाले फाट्टफुट्ट बाटोमा देखिने बन्यजन्तुको अवलोकन गर्दे जान पाउँदा पर्यटकहरु पनि मक्ख देखिन्छन् । बजार नजिकै र जंगलको बीचमा अवस्थित यो ताल पुग्नकोलागि धरान, इनरुवा, इटहरी र बिराटनगरबाटसमेत युवायुवती पुग्ने गरेकाछन् । त्यसैले यस रास तालको बिकासकोलागि स्थानीय सरकार र सरोकारवालाहरुले बिशेष चासो राख्नुपर्ने देखिन्छ ।