
एजेन्सी । भारत र इङ्ग्ल्याण्डबीचको बाँकी खेल बन्द रंगशालामा हुने भएका छन् ।
पाँच टी–२० खेलका लागि भारतमा रहेको इङ्ग्ल्याण्डले दुईवटा खेल खेलिसकेको छ । अब बाँकी तीन वटा टी–२० खेल बन्द रङ्गशालामा हुने छन् ।
भारतमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी खेल बन्द रङ्गशालामा गर्न लागिएको हो ।
यसअघि भएका दुई वटा टी–२० खेलमा सीमित दर्शकलाई मैदानमा प्रवेश गराइएको थियो ।
खेल हेर्नका लागि यसअघि खरिद भएका टिकटको रकम फिर्ता गर्ने गुजरात क्रिकेट संघले जनाएको छ ।
गुजरात क्रिकेट संघले बीसीसीआईसँगको छलफलपछि खेल बन्द रङ्गशालामा गर्ने र टिकटको रकम फिर्ता गर्ने निर्णय गरेको हो ।
पाँच खेलको टी–२० श्रृङ्खला एक÷एकको बराबरीमा छ ।
प्रतिक्रिया दिनुहोस्